डेफलिम्पिक्स टोली जापान प्रस्थान
काठमाडौं, कात्तिक २८ गते ।
समर डेफलिम्पिक्सको २५ औं संस्करणमा सहभागी हुन नेपाली टोली शुक्रबार जापानको टोकियो प्रस्थान गरेको छ । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्समा नेपालबाट विभिन्न ६ खेलमा १० खेलाडी सहभागी हुँदै छन् ।
तेक्वान्दोमा किरण लामा, टेबलटेनिसमा सन्जित श्रेष्ठ, एथलेटिक्समा तिलदेवी गर्बुजा र निराजन सुवेदी, ब्याडमिन्टनमा महेन्द्र लिम्बू फुडोङ, घनबहादुर थापा र जमुना आचार्य तथा करातेमा सेनाम छिरिङ लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । जुडोमा सहभागी हुने खेलाडी सुष्मा तामाङ र लक्की चौधरीसहितको टोली भने जापान पुगिसकेको छ ।
तेक्वान्दोको प्रशिक्षकमा राजेन्द्र खत्री छन् ।
सहभागी हुने खेलको टिम लिडरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, सरोजकुमार पोख्रेल, देवराज कटुवाल, झमकप्रसाद गौतम, विक्रम घले र वीरबहादुर गुरुङ रहेका छन् । अफिसियलमा कुलप्रसाद भट्टराई तथा दोभासेमा दिनेश श्रेष्ठ र नवीन श्रेष्ठ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य हिमाल श्रेष्ठले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
नोट : टोली आज राती ११ः०० बजे प्रस्थान गर्दै छ ।

टिप्पणी लेख्नुहोस्