लेख विवरण

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

काठमाडौं, कात्तिक २८ गते ।
आयोजक ओएसिस इङलिस स्कुल तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ओएसिस सिनियर ब्वाइज, जुनियर ब्वाइज र एसइइ तर्फ सेमिफाइनलमा पुगेको हो । तीनै विधाको सेमिफाइनल समीकरण पनि तयार भएको छ ।

एसइइको ब्वाइजमा ओएसिससंगै पुष्पसदन, माइलस्टोन र एलिट सेमिफाइनलमा पुगे । सिनियर ब्वाइजमा ओएसिसले रेडियन्टसंग सेमिफाइनल खेल्ने छ । अर्को सेमिफाइनल किस्क र इनोभेटिभबीच हुनेछ । जुनियर ब्वाइजको सेमिफाइनलमा ओएसिसले ज्ञानोदय तथा प्रिमियरले किस्क विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको ओएसिसकी संस्थापक जानुका लिम्बूले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

नखिपोटस्थित आयोजककै कोर्टमा भइरहेको दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइइतर्फ ९ टिम सहभागी छन् । एसइइतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ३ हजार नगदबाट पुरस्कृत पार्ने छन् । सिनियर र जुनियर ब्वाइजमा नगद पुरस्कार राखिएको छैन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.