टीआईए र निम्स उपाधिका लागि भिड्ने
काठमाडौं, कात्तिक २८ गते ।
आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र निम्स १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईएले विल्सन एकेडेमीलाई ३९–१९ ले पराजित ग¥यो । टीआईएको जितमा रेशन नगरकोटीले १६ अंक योगदान गरे । फुर्वा तामाङको १४ अंक सहयोगमा निम्सले ज्ञान निकेतनलाई ५०–४० ले हरायो ।
गल्र्समा चेल्सी वल्र्ड स्कुल र भ्याली पब्लिकले उपाधि भिडन्त पक्का गरे । चेल्सीले ग्रिनल्यान्डलाई २१–१६ ले पाखा लगायो । चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले ८ स्कोर गरिन् । भ्याली पब्लिकले निम्सलाई ४०–२४ ले पन्छायो । भ्याली पब्लिककी दृष्य गुरुङले १३ अंक बटुलिन् । फाइनल आइतबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्