चार जना प्रशिक्षकको विदाई
काठमाडौं, कात्तिक २८ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ५८ बर्षे उमेरहदका कारण सेवा निवृत्त हुनु भएका प्रशिक्षकहरुको सुखद जीवनको शुभकामना दिनु भएको छ ।
हक्की मुख्य प्रशिक्षक रन्जन थापा, तेक्वान्दो प्रशिक्षक राजेश प्रजापति, भलिबल प्रशिक्षक महेश महर्जन र कराते प्रशिक्षक सन्जय जोशीलाई परिषद्मा एक कार्यक्रम आयोजना गरि विदाई गरिएको हो ।
रन्जन थापा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्