काठमाडौँ, कात्तिक २८ गते । सुर्खेतको काँक्रेबिहार क्लब राष्ट्रिय फुटबल लिगमा छनोट हुने कर्णाली प्रदेशको इतिहासकै पहिलो फुटबल टोली बनेको छ।
हेटौँडामा जारी छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा काँक्रेबिहारले गाईघाटलाई ५–३ ले पराजित गर्दै ऐतिहासिक जित हात पा¥यो।
टोलिको जितमा अनिश घर्ती क्षेत्रीले ह्याट्रिक गर्नुभयो भने कप्तान आशिष चापागाई र गणेश पुलामी मगरले एक–एक गोल थप्नुभयो।
गाईघाटका दीवश श्रेष्ठ र प्रवीन राईका गोल भने सान्त्वना बने।
अब सेमिफाइनलमा
दुवै सेमिफाइनल आइतबार हुनेछन्।
छनोट प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। राउन्ड रोबिन चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुगेका हुन्। सेमिफाइनलमा प्रवेश गर्ने चारै टोली स्वतः राष्ट्रिय फुटबल लिगका लागि छनोट हुनेछन्।
कर्णालीका लागि यो उपलब्धि ऐतिहासिक मानिएको छ, जसले प्रदेशको फुटबल क्षमता उजागर भएको संकेत दिएको छ।
टिप्पणी लेख्नुहोस्