इन्डियन प्रिमियर लिग : केकेआरले वेंकटेश अय्यर र आन्द्रे रसेललाई रिलीज गर्यो, मिनी अक्सनमा ठूलो हलचल हुने संकेत
काठमाडौं । इन्डियन प्रिमियर लिग (IPL) इतिहासका तेस्रो सबैभन्दा महँगा खेलाडी वेंकटेश अय्यरलाई कोलकाता नाइट राइडर्स (KKR) ले रिलीज गरेको छ। अनुभवी अलराउन्डर आन्द्रे रसेल पनि रिलीज सूचीमा परेका छन्। अब यी दुवै खेलाडी डिसेम्बर १६ यूएई, अबु धाबीमा हुने मिनी अक्सनमा उपलब्ध हुनेछन्।
शनिबार IPL कमिटीले सार्वजनिक गरेको रिटेन, रिलीज र ट्रेड सूची अनुसार उत्कृष्ट खेलाडीहरूको ठूलो ओभरहाल भएको देखिन्छ।
चेन्नईद्वारा पथिराना, कन्भे र रचिनलाई विदाइ
चेन्नई सुपर किंग्स (CSK) ले मथीशा पथिराना, डेवोन कन्भे र रचिन रवीन्द्रलाई रिलीज गरेको छ।
यता KKR ले वेंकटेश अय्यरलाई गत वर्ष 23.75 करोड भारुमा मेगा अक्सनबाट किनेको थियो। तर उनले गत सिजन 11 खेलमा मात्र 142 रन बनाउन सके, जसको स्ट्राइक रेट 139.22 रह्यो। टिममा अंगकृष रघुवंशी र कप्तान अजिंक्य रहाणे सशक्त मध्यमक्रम बनेपछि अय्यर प्लेइङ–११ मा समेत फिट हुन सकेनन्।
त्यसैले KKR अब क्यामेरोन ग्रीनजस्ता अलराउन्डरमा फोकस गर्दै अक्सनमा प्रवेश गर्ने अनुमान गरिन्छ।
रसेल पनि आउट, फर्म गुमेपछि ‘बिग हिटर’लाई बिदाइ
आन्द्रे रसेललाई KKR ले 12 करोड भारुमा रिटेन गरेको थियो। तर उनले गत सिजन 13 खेलमा 167 रन र 8 विकेट मात्र लिन सके।
37 वर्ष पुगेका रसेल विश्वभरका टी–२० लिगमा पनि फर्म गुमाइरहेका छन्। यही कारणले गर्दा कोलकाताले उनीमाथिको भरोसा हटाएको बताइन्छ। टिम मिनी अक्सनमा 26 वर्षका क्यामेरोन ग्रीन तर्फ लक्ष्यित हुन सक्छ।
जोफ्रा आर्चरलाई राजस्थानको विदाइ
राजस्थान रोयल्सले 12.50 करोड भारु लागतमा राखिएका इंग्लिस स्टार जोफ्रा आर्चरलाई पनि रिलीज गरेको छ।
इन्जुरीबाट फर्किएपछि उनले 12 खेल खेल्दा 11 विकेट मात्र लिए, इकोनोमी पनि 10 को आसपास रह्यो।
इन्जुरीको चपेटामा परिरहने भएकाले RR ले नयाँ विदेशी फास्ट बलर ल्याउन बजेट बढाउने उद्देश्यले उनीसँग छुट्टिएको हो।
लखनउका मयंक यादव पनि रिलीज सूचीमा पर्न सक्ने संकेत
लखनऊ सुपर जायन्ट्स (LSG) ले 11 करोड भारुमा रिटेन गरेका 150 किमी/घन्टा भन्दा बढी गतिका बलर मयंक यादव इन्जुरीका कारण गत सिजन 2 खेल मात्र खेले र 2 विकेट लिए।
सिजनभर फिटनेस समस्याले उनी अनुपस्थित भएका कारण LSG ले उनलाई रिलीज गर्दै आफ्नो पर्स अमाउन्ट बढाउन सक्ने अनुमान गरिएको छ।
सन्दीप–जडेजा–करन ठूलो ट्रेड: साम्सन CSK मा, जडेजा–करन RR मा
शनिवार सार्वजनिक ट्रेड सूची अनुसार:
-
संजू साम्सनलाई 18 करोडमा राजस्थानबाट चेन्नईमा ट्रेड गरियो।
-
रवीन्द्र जडेजा र सैम करनलाई CSK ले राजस्थानमा पठायो।
-
मोहम्मद शमीलाई सनराइजर्स हैदरावादले LSG सँग ट्रेड गर्यो।
-
अर्जुन तेन्दुलकर 30 लाखमा LSG पुगे।
-
नीतीश राणा, डोनोवन फरेरा, मयंक मार्कण्डेयलगायत खेलाडीहरू पनि विभिन्न फ्रेन्चाइजबीच ट्रेड भए।

टिप्पणी लेख्नुहोस्