लेख विवरण

नेपाल ओपन तेक्वान्दो सुरु

नेपाल ओपन तेक्वान्दो सुरु

काठमाडौँ, कात्तिक २९ — इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा पाँचौं नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको स्मृति भवनमा सुरु भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य प्रकाशकुमार कुसारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र मलेसियाबाट ४ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीका अध्यक्ष एवं प्रतियोगिता निर्देशक राकेश राईले जनाएका छन् । प्रतियोगितामा क्योरोगी र पुम्सेमा गरी ५६ स्पर्धा समावेश रहेको बताइएको छ ।

अध्यक्ष राईका अनुसार पहिलो दिन ३२ स्पर्धाको फाइनल सम्पन्न हुँदा नेपाल २१ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.