लेख विवरण

टीआईए र भ्याली पब्लिक च्याम्पियन

टीआईए र भ्याली पब्लिक च्याम्पियन

काठमाडौं, कात्तिक ३० गते ।
आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । टीआईए ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने ।

हात्तीगौडास्थित घरेलु कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टीआईएले निम्सलाई ४०–३७ ले पराजित ग¥यो । टीआईएका सुमन नगरकोटीले १५ अंक जोडे । विल्सन एकेडेमी तेश्रो भयो ।

गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वल्र्ड स्कुललाई २५–१५ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गरिन् । ग्रिनल्यान्ड तेश्रो बन्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, टीआईएका निर्देशक कर्मा सोनाम वाङदी शेर्पा, टीआईएकी प्रिन्सिपल निरा प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमले प्रतिस्पर्धा गरेको टीआईएका इसीए÷सीसीए प्रमुख उज्ज्वल रिजालले जनाएका छन् ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.