एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ एफसी
काठमाडौँ।
हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलको फाइनलमा लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ एफसी प्रवेश गरेका छन्।
गौरीटार रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा लालीगुराँसले काँक्रेबिहार युथ क्लबलाई २–० ले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढ्यो।
लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको २०औँ मिनेटमा प्रारम्भिक गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा राम थापाले गोल थप्दै टोलीलाई फाइनलमा पुर्याए।
त्यसैगरी दोस्रो सेमिफाइनलमा चित्लाङ एफसीले नव जन जागृति क्लबलाई रोमान्चक भिडन्तमा सडनडेथमा ९–८ ले हराउँदै फाइनल बुक गर्यो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो, जहाँ अन्ततः चित्लाङ विजयी भयो।

टिप्पणी लेख्नुहोस्