लेख विवरण

गृहमन्त्री अर्यालद्वारा एनपीएल-२ का सुरक्षा तयारीबारे ब्रिफिङ

गृहमन्त्री अर्यालद्वारा एनपीएल-२ का सुरक्षा तयारीबारे ब्रिफिङ

काठमाडौँ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थासम्बन्धी अन्तिम तयारीबारे विस्तृत ब्रिफिङ लिएका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेल र काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग भेट गर्दै गृहमन्त्री अर्यालले लिग अवधिभर सुरक्षा व्यवस्था चुस्त–दुरुस्त राख्न आवश्यक निर्देशन दिए।

गृहमन्त्रीको सचिवालयका अनुसार यसपालि पहिलो पटक रात्रिकालीन खेल हुने भएकाले सुरक्षा पक्षमा अझ उच्च सतर्कता अपनाउन मन्त्री अर्यालले सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

“रात्रिकालीन खेलका कारण सुरक्षा व्यवस्था झनै मजबुत हुन जरुरी छ। कुनै पनि अवाञ्छित घटना हुन नदिन आवश्यक सबै तयारी पूरा गर्न निर्देशन दिन्छु,” मन्त्री अर्यालले बैठकमा भने।

यसअघि नै नेपाल क्रिकेट संघ (क्यान) ले उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेको जनाउँदै दर्शकलाई घरमै बसेर हेर्न आग्रह गरिसकेको छ।

एनपीएलको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाज आज अपरान्ह ४:०० बजे भिड्नेछन्।

क्यानका सचिव पारस खड्काले भिडियो सन्देशमार्फत दर्शकलाई भिडभाड न्यून राख्न र घरमै बसेर उद्घाटन खेल हेर्न आग्रह गरेका थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.