लेख विवरण

चार वर्षे कार्यकालको उपलब्धीका लागि सदस्य–सचिव घिसिङ सम्मानित

चार वर्षे कार्यकालको उपलब्धीका लागि सदस्य–सचिव घिसिङ सम्मानित

काठमाडौं, मंसिर १ गते ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई सोमबार सम्मान गरेको छ । २०७८ सालको मंसिर दोश्रो साता राखेपको सदस्य–सचिव नियुक्त भएका घिसिङलाई चार वर्षे कार्यकालमा नेपाली क्रिकेटका साथै समग्र नेपाली खेलकुदको विकास र विस्तार पु¥याएको अमूल्य योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो । क्यानको आयोजनामा सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोश्रो सिजनको उद्घाटन समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सदस्य–सचिव घिसिङलाई सम्मान पत्र प्रदान गरे ।

‘आईसीसी पुरुष टी– २० विश्वकप छनोट सन् २०२४ र २०२६, पुरुष एसिया कप, नेपाल प्रिमियर लिग (एनपीएल), खेल पूर्वाधार विस्तार, खेलकुद विज्ञान अनुसन्धान केन्द्र तथा नेसनल हाइ पर्फमेन्स सेन्टर स्थापना जस्ता महत्वपूर्ण पहलमा तपाईंको नेतृत्वकाल प्रशंसनीय रह्यो ।’ क्यानको सम्मान पत्रमा भनिएको छ ।

‘यहाँको दूरदृष्टि, समर्पण र निरन्तर सहयोगले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याएको छ । आफ्नो स्वर्णिम कार्यकालका दौरान नेपाली क्रिकेटलाई पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै नेपाल क्रिकेट संघ यो सम्मान पत्र प्रदान गर्दछ ।’ सम्मान पत्रमा थप उल्लेख गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.