लेख विवरण

एनएसइएमआईए टेबलटेनिस शुक्रबारदेखि

एनएसइएमआईए टेबलटेनिस शुक्रबारदेखि

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ (एनएसइएमआईए) को आयोजनामा एनएसइएमआईए राष्ट्रव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा यु–१२ तथा यु–१६ ब्वाइज÷गलर्स सिंगल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने एनएसइएमआईएका अधयक्ष बिजेन्द्रविक्रम शाहले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

आयोजक संघ स्थापनाको ३६ औं वर्ष पूरा भएको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने बताइएको छ । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सहकार्यमा हुने दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.