स्किब्स र राइजिङ स्टारको विजयी सुरुआत
काठमाडौं ।स्किब्स र राइजिङ स्टारले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेका छन् ।
स्किब्सले पिपुल्स एकेडेमीलाई २२–२० ले पराजित ग¥यो । स्किब्सका सोहन ठकुरीले १३ अंक योगदान गरे । रिजन थापाको ६ अंक सहयोगमा राइजिङ स्टारले आयोजक रेडियन्ट पब्लिक ‘बी’ लाई २४–९ ले हरायो ।
सोही स्पर्धामा विस्डमले एलेन मेमोरियललाई २०–९ तथा केभीसीले श्री नवीन ज्योतिलाई २८–१७ ले पाखा लगाए । विस्डमका सौगातले १० तथा केभीसीका आरोनलाल श्रेष्ठले १५ अंक जोडे ।
जुनियर ब्वाइजमा नवीन ज्योतिले गोल्डेन फ्लावरलाई १३–५ तथा एआईले केभीसीलाई ६–२ ले पन्छाए । नवीन ज्योतिका युनिकेश तामाङ ४ तथा केभीसीका आरुस बुढाथोकीले समान ४–४ स्कोर गरे ।
स्युचारटारस्थित आयोजक रेडियन्टको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धामा गोल्डेन फ्लावरले केभसीलाई २४–७ तथा नवीन ज्योतिले न्यु जेनिथलाई २१–१० ले पराजित गरे । गोल्डेन फ्लावरकी सिमरन पाण्डेले १२ तथा नवीन ज्योतिकी अविना दानीले १० स्कोर गरे ।
प्रतियोगिताको रेडियन्टका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. लक्ष्मण सिंह कुँवर, नागर्जुन नगरपालिका वडा ९ का सदस्यद्वय लक्ष्मण बुढाथोकी र राजकुमार भट्टराई तथा प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । मंसिर १० गतेसम्म हुने प्रतियोगिताको सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्