लेख विवरण

पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि

पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि

काठमाडौं । आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने ।

कीर्तिपुरस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३–४५ ले सहजै पराजित ग¥यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गरे ।
जुनियर ब्वाइजको फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८–२५ ले हरायो । ग्रिनफिल्डका लागि सोहन नेवाले १० अंक जोडे ।

गल्र्सको उपाधि भिडन्तमा स्वर्णिमले पुष्पसदनलाई १०–३ ले पाखा लगायो । स्वर्णिमकी हिसी ल्हामु लामाले ५ अंक जोडिन् ।

सिनियर ब्वाइजमा पुष्पसदनका सुशान सोजु श्रेष्ठ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका किस्मत ढकाल र सिनियर गल्र्समा हिसी ल्हामु लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा मेगसका सिमोन सिजाली, जुनियर ब्वाइजमा पुष्पसदनका विनम्र थापा मगर र सिनियर गल्र्समा निःसर्ग वाटिकाकी इशाना श्रेष्ठ उदीयमान खेलाडी  चुनिए ।
सिनियर ब्वाइजमा युनाइटेड युनिभर्सल, जुनियर ब्वाइजमा बाघभैरव र सिनियर गल्र्समा कुलेश्वरले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष दिनेश श्रेष्ठ, पुष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, प्रिन्सिपल मनीषा श्रेष्ठ र भाइस प्रिन्सिपल निमा लामा, पुष्पसदनका पूर्व विद्यार्थी राष्ट्रिय पुरुष बास्केटबल टोलीका निश्चल महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कात्तिक २२ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गल्र्समा २५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.