लेख विवरण

रेडियन्ट कप : ज्ञानोदयको दोहोरो जित

रेडियन्ट कप : ज्ञानोदयको दोहोरो जित

काठमाडौं, मंसिर २ गते । ज्ञानोदयले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको  छ । ज्ञानोदयको सिनियर ब्वाइज र गल्र्स टोली विजयी भयो ।

सिनियर ब्वाइजमा ज्ञानोदयले ओएसिसलाई २५–२४ को साँघुरो अन्तरले पराजित ग¥यो । ज्ञानोदयका जिरावत थोङ्सुकले ७ अंक जोडे । सिनियर गल्र्समा ज्ञानोदयले न्यु जेनिथलाई १८–५ ले हरायो । ज्ञानोदयकी प्रिन्सिेस थापा मगरले ६ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा केभीसीले निःसर्ग वाटिकालाई ४२–३९, कश्यपले राइजिङ स्टारलाई २७–२३ र बाल दीक्षा सदनले न्यु जेनिथलाई २३–११ ले पाखा लगाए । केभीसीका आरोनलाल श्रेष्ठले १३ तथा बाल दीक्षा सदनका सजेल महर्जनले १० स्कोर गरे ।

सिनियर गल्र्समा निःसर्गले मस्र्याङदीलाई ८–५ तथा राराहिलले गोल्डेन फ्लावरलाई २६–८ ले पन्छाए । निःसर्गकी आफ्रेन आर्याले ५ तथा राराहिलकी एलिशा ओलीले १२ अंक बटुले ।

जुनियर ब्वाइजमा सेबले निःसर्गलाई २०–४ तथा कश्यपले गोल्डेन फ्लावरलाई १४–८ ले पराजित गरे । सेबका सन्जल बुढा मगर तथा कश्यपका प्रियान रिमालले समान ८–८ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.