लेख विवरण

बुद्धिचाल महासंघको विवाद : प्रतिवेदन हस्तान्तरण

बुद्धिचाल महासंघको विवाद : प्रतिवेदन हस्तान्तरण

काठमाडौं, मंसिर २ गते । नेपाल बुद्धिचाल महासंघको विवादका सम्बन्धमा छानविन गर्न गठित कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ ।

राष्ट्रिय टिम तयारी उपनिर्देशक समेत रहेका कार्यदलका संयोजक दीपक श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन हस्तान्तरण गरे ।

सो अवसरमा कार्यदलका सदस्य मिनबहादुर जिसी र सचिव सानुराज केसीको पनि उपस्थिति रहेको थियो । कार्यदल गत असोज १२ गते गठन गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.