लेख विवरण

कराते टोली भारत प्रस्थान

कराते टोली भारत प्रस्थान

काठमाडौं, मंसिर २ गते । नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भारतको गोवा प्रस्थान गरेको छ ।

सुदिन पोखरेल, स्विकार पोखरेल, विवेक गुरुङ, मन्जु श्रेष्ठ, हनिश लामा, निस्था घिमिरे, स्निधा भण्डारी, आश्था श्रेष्ठ, लोइस्मा लामा, सुशान्त ओझा, सुब्रत भण्डारी र सुरज ठकुरीले विभिन्न स्पर्धामा खेल्ने छन् ।

टोली प्रमुखमा सुमन तामाङ, व्यवस्थापकमा आकाश धिताल, अफिसियलमा प्रेमलाल बम्जन, हेमन्त लामा र सरोज श्रेष्ठ तथा प्रशिक्षकमा सुरज श्रेष्ठ रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.