लेख विवरण

स्पोट्र्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि सिंहको संयोजकत्वमा कार्यदल गठन

स्पोट्र्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि सिंहको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले स्पोट्र्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालन गर्ने भएको छ । त्यसको लागि आवश्यक प्रक्रिया पूरा गर्न डा.अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट सिंहको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा डा. घनश्याम पाण्डे सदस्य र राष्ट्रिय खेलकुद परिषदका प्रशासकीय अधिकृत दोबे तामाङ सचिव छन् । राष्ट्रिय क्रिकेट टिमसँग काम गरिसकेका डा. सिंह पोखरा विश्वविद्यालयबाट मास्टर्स इन हस्पिटल एड्मिनिस्ट्रेसन अध्ययन गर्दाका गोल्ड मेडलिस्ट पनि हुन् ।

कार्यदललाई स्पोट्र्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन ९० कार्यदिन तोकिएको छ । यसलाई जेन्जी आन्दोलनपछि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मन्त्री बब्लु गुप्ताले खेलाडीको सेवा सुविधा र स्तरोन्नतिका लागि भन्दै प्राथमिकता दिएका हुन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.