लेख विवरण

राखेप र एनएएसमबीच सम्झौता

राखेप र एनएएसमबीच सम्झौता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेसनल एकेडेमी अफ स्पोर्ट्स मेडिसिन (एनएएसएम) बीच मंगलबार सम्झौता भएको छ ।

खेलकुद चिकित्साको विकास, चोटपटक रोकथाम कार्यक्रम (एनआईपीपी), हाइ अल्टिच्युत प्रशिक्षण र केन्द्र  (एचएटीसी), हाइ अल्टिच्युत खेलकुद गतिविधिमा केन्द्रीत हुँदै खेलकुद चिकित्साको अनुसन्धान र विकासका लागि सहकार्य गर्नेलगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एनएएसएम, कास्कीका अध्यक्ष डा. पदमबहादुर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताको अवधि ५ वर्षको रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.