राखेपद्वारा सामाग्री हस्तान्तरण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल गल्फ संघ मार्फत नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई बुधबार अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ । अष्ट्रेलियामा निर्मित होन्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसीन एक थान राखेपका सदस्य–सचिव टंकलाल घिसिङले हस्तान्तरण गरे ।
उपकरणले मैदानको गुणस्तर सुधार गर्ने, खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिताका लागि अझ राम्रो वातावरण उपलब्ध गराउने तथा गल्फ पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने छ ।

टिप्पणी लेख्नुहोस्