लेख विवरण

एनपिएलः लुम्बिनी लायन्सलाई १ सय ४३ रनको लक्ष्य

एनपिएलः लुम्बिनी लायन्सलाई १ सय ४३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत जारी पाचौं खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १ सय ४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको चितवनले सुुरुवाती ओभरमै पहिलो विकेट गुमायो । टोलीका ओपरन डविड मिलान पहिलो ओभरको दोस्रो बलमै रुबेल ट्रम्पलनको बलमा शुन्य रनमै बोल्ड भए । त्यसपछि अर्का ओपनर दिपक बोहरा १ चौका सहित १२ बलमा १० रन बनाउदै अभिषेस गौतमको बलमा विकेट किपर अलिको हातबाट क्याच भए। चितवनले तेस्रो विकेटको रुपमा देव खनाललाई गुमायो । खनाल आठौं ओभरको तेस्रो बलमा १४ रन बनाउदै अभिषेस गौतमकै बलमा सन्दिप जोराको हातबाट क्याच भए । यस क्रममा खनालले १ छक्का प्रहार गरे।

त्यसपछि संकटमा परेको टोलीलाई उकास्न आएका कप्तान कुशल मल्लले पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । मल्ल १८ बलमा २१ रन बनाउदै ट्रम्पलनको बलमा सन्दिप जोराकै हातबाट क्याच भए । यो सँगै १५.२ ओभरमा चितवनले मात्र ९५ रन बनाउदै ४ विकेट गुमायो ।

त्यसपछि चितवनले छैठौ विकेटको रुपमा सैफ जैबलाई गुमायो । जैबले आक्रमक ब्याटिङ गर्दै ७ बलमा २ चौंका र १ छक्का प्रहार गर्दै १५ रन बनाए । चौथो विकेटको रुपमा आएका रवि बोपाराले अर्धसतक प्रहार गर्दै १९.२ ओभरमा गुलाबदिन नाइबको बलमा दिलिप नाथको हातबाट क्याच भए । बोपाराले ५५ बलमा ४ चौंका ३ छक्का प्रहार गर्दै ६६ रन बनाए । सोहिल तनविरले ५ रन बनाउदा अर्जुुन साउद ८ रनमा अविजित रहे । यो सँगै चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४२ रन बनायो ।

लुुम्बिनीका लागि रुबेल ट्रम्पलनले ४ ओचरमा २३ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । अभिषेस गौतम र गुुलबदिन नाइवले समान २-२ विकेट लिए ।

१ सय ४३ रनको लक्ष्य पाएको लुुम्बिनीले अब केही बेरमा ब्याटिङ गर्दैछ । 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.