एनपिएलः लुुम्बिनीले चितवनलाई ६ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिगको पाचौं खेलमा लुुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ ।
चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा लुुम्बिनीले आक्रमक सुुरुवात गर्यो । टोलीका ओपनरद्धय सन्दिप जोरा र डिआर्च सर्टले पहिलो ओभरमा १७ रन बनाए । तर टोलीले दोस्रो ओभरमा पहिलो विकेट गुमायो । चितवनका रिजन ढकालले दोस्रो ओभरको अन्तिम बलमा डिआर्च सर्टलाई बोल्ड गरे। सर्ट ६ बलमा ११ रन बनाउदै आउट भए । त्यसपछि ओपनर सन्दिप जोरा र कप्तान रोहित पौडेलले टोलीको स्कोर ५१ रन पुर्याउदा जोरा १८ रन बनाउदै आउट भए । उनले १८ बलमा ४ चौंका प्रहार गर्दै २८ रन बनाए । जोरालाई रिजन ढकालले कप्तान कुशल मल्लको हातबाट क्याच गराए ।
लुम्बिनीले १० ओभरमा २ विकेट गुमाउदै ७३ रन बनायो। कप्तान रोहित पौडेल र दिलीप नाथले २६ रनको साझेदारी गरे। तर ११ ओभरको तेस्रो बलमा दिलीप नाथ रनआउट हुन पुुगे। दिलीप १० रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका लुुम्बिनीका अफगानी खेलाडी गुलबदिन नाइबले पहिलो बलमै कमल सिंह ऐरिलाई छक्का प्रहार गरे । उनले २४ बलमा ४४ रनको अविजित पारी खेल्दै टोलीलाई जिताए। कप्तान रोहित पौडेल ४४ बलमा ३९ रन बनाउदै आउट भए ।
चितवनका लागि रिजन ढकालले २ र सोहिल तनविरले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले सुुरुवाती ओभरमै विकेट गुमायो । टोलीका ओपरन डविड मिलान पहिलो ओभरको दोस्रो बलमै रुबेल ट्रम्पलनको बलमा शुन्य रनमै बोल्ड भए । त्यसपछि अर्का ओपनर दिपक बोहरा १ चौका सहित १२ बलमा १० रन बनाउदै अभिषेस गौतमको बलमा विकेट किपर अलिको हातबाट क्याच भए। चितवनले तेस्रो विकेटको रुपमा देव खनाललाई गुमायो । खनाल आठौं ओभरको तेस्रो बलमा १४ रन बनाउदै अभिषेस गौतमकै बलमा सन्दिप जोराको हातबाट क्याच भए । यस क्रममा खनालले १ छक्का प्रहार गरे। त्यसपछि संकटमा परेको टोलीलाई उकास्न आएका कप्तान कुशल मल्लले पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । मल्ल १८ बलमा २१ रन बनाउदै ट्रम्पलनको बलमा सन्दिप जोराकै हातबाट क्याच भए । यो सँगै १५.२ ओभरमा चितवनले मात्र ९५ रन बनाउदै ४ विकेट गुमायो ।
त्यसपछि चितवनले छैठौ विकेटको रुपमा सैफ जैबलाई गुमायो । जैबले आक्रमक ब्याटिङ गर्दै ७ बलमा २ चौंका र १ छक्का प्रहार गर्दै १५ रन बनाए । चौथो विकेटको रुपमा आएका रवि बोपारा अर्धसतक प्रहार गर्दै १९.२ ओभरमा गुलाबदिन नाइबको बलमा दिलिप नाथको हातबाट क्याच भए । बोपाराले ५५ बलमा ४ चौंका ३ छक्का प्रहार गर्दै ६६ रन बनाए । सोहिल तनविरले ५ रन बनाउदा अर्जुुन साउद ८ रनमा अविजित रहे । यो सँगै चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४२ रन बनायो ।
लुुम्बिनीका लागि रुबेल ट्रम्पलनले ४ ओचरमा २३ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । अभिषेस गौतम र गुुलबदिन नाइवले समान २-२ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्