लेख विवरण

११ औं रेडियन्ट कप : स्वर्णिम र पुष्पसदन विजयी

११ औं रेडियन्ट कप : स्वर्णिम र पुष्पसदन विजयी

काठमाडौं । स्वर्णिम र पुष्पसदनले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन् ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०–९ तथा पुष्पसदनले माउन्ट ग्लोरीलाई ३९–१४ ले पराजित गरे । स्वर्णिमकी हिसी ल्हामु लामाले ४ तथा पुपसदनकी मात्रिकाले ८ स्कोर गरे । सोही स्पर्धामा ज्ञानोदय विरुद्धको खेलमा नवीन ज्योति २३–६ ले विजयी भयो । नवीन ज्योतिकी असिना क्षेत्रीले ८ अंक जोडिन् ।

सिनियर ब्वाइजमा बेबी एन्जलले आनन्दकुटीलाई २७–४, स्किब्सले एनआईसी एकेडेमीलाई २६–२५, रेडियन्ट रिडर्सले ज्ञानोदयलाई २२–१७ र स्वर्णिमले विस्डमलाई २७–११ ले पाखा लगाए । बेबी एन्जलका अमन गैरेले ५, स्किब्स राज खप्तरीले १२, रेडियन्ट रिडर्सका अरुष शाहले १० र स्वर्णिमका प्रतिक महर्जनले १७ अंक बटुले ।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले ग्रिनफिल्डमाथि २३–४ को सहज जित दर्ता ग¥यो । पिपुल्सका अजय मगरले ७ स्कोर गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.