लेख विवरण

कराते टोली इजिप्ट जाने

कराते टोली इजिप्ट जाने

काठमाडौं, मंसिर ५ गते ।
सिनियर विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको काइरो जाने भएको छ ।

नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् । तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठपनि टोलीसंगै इजिप्ट जाने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.