एनपिएलः सुुदुुरपिश्चमले पोखरालाई दियो १ सय ९४ रनको लक्ष्य
काठमाडौंँ । नेपाल प्रिमियर लिग अन्तर्गत टियुु क्रिकेट मैदानमा जारी छैठौं खेलमा सुुदुुरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई रनको लक्ष्य दिएको छ । टोलीको २० ओभरमा ७ विकेट गुमाउदै १ सय ९३ रन बनायो।
टस हारेर ब्याटिङ गरेको सुुदुरपश्चिमका लागि ओपनर जोस ब्राउन र बिनोद भण्डारीले आक्रमक सुुरुवात गरे । दुबै खेलाडीले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरे। जोस ब्राउनले ३५ बलमा ८६ रन बनाउने क्रममा अर्धसतक प्रहार गरे । यस क्रममा उनले ६ चौंका र ५ छक्का प्रहार गरे । उनलाई जेम्स निसमले किरण ठगुन्नाको हातबाट क्याच गराए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रिस लिनले पनि आक्रमक ब्याटिङ गर्दै १३ बलमा ३१ रन बनाए । यस क्रममा उनले ४ चौंका र २ छक्का प्रहार गरे । उनलाई पनि निसमले आफ्नो शिकार बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान दिपेन्द्र सिंह ऐरि १० बलमा १५ रन बनाउदै आउट भए । उनलाई दौथह्वाइटले आफ्नो शिकार बनाए । दिपेन्दै आउट हुँदा सुदुरपश्चिमको स्कोर १ सय ६८ रनमा २ विकेट रहेको थियो । त्यसपछि अर्का ओपनर बिनोद भण्डारी ४२ बलमा ४३ रन बनाउदै आउट भए । यस क्रममा उनले ४ चौंका प्रहार गरे । उनलाई आकाश चन्दले कप्तान कुशल भुर्तेलको हातबाट क्याच गराए ।
त्यसपछि सुदुरपश्चिमको लगातार विकेट खस्ने क्रम जारी रह्यो । हरमित सिंह (४), स्कट कुगेन्जिन (८), आरिफ शेख (०) रन बनाएर आउट भए । इशान पाण्डे (६) र नरेन साउद (४) रनमा अविजित रहे ।
पोखराका लागि जिमी निसामले ३, आकाश चन्द र डन डथह्वाइटले समान २-२ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्