एनपीएल : लुम्बिनी विरुद्ध लक्ष्य पछ्याएको कर्णालीले पहिलो विकेट गुमायो
काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ५७ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ५६ रन बनायो ।
१ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले पहिलो विकेट गुमाएको छ । टोलीका ओपनर प्रियान्क पंचाल १२ रन बनाउदै आउट भएका छन्। उनलाई लुम्बिनीका शेर मल्लले जेजे स्मिटको हातमा ब्याच गराए ।
यो सँगै कर्णालीले ३८ रनमा पहिलो विकेट गुमाएको छ।

टिप्पणी लेख्नुहोस्