लेख विवरण

एनपीएल : लुम्बिनीले कर्णालीलाई दियो १ सय ५७ रनको लक्ष्य

एनपीएल : लुम्बिनीले कर्णालीलाई दियो १ सय ५७ रनको लक्ष्य

काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ५७ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ५६ रन बनायो । टोलीका लागि रुबेन ट्रुम्पेलम्यानले १४ बलमा २९ रनको अविजित पारी खेले । यस क्रममा उनले १ चौंका र ३ छक्का प्रहार गरे । त्यस्तै जेजे स्मिथ १४ बलमा २३ रन बनाएर आउट भए । उनले २ चौंका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौंडेलले ४३ बलमा ४९ रन बनाए ।

लुम्बिनीका अन्य खेलाडीहरुमा समिर अली (१), सुमित महर्जन (४), गुलबदीन नाइब (७), दिलीप नाथ (६), ओ्पनरद्धय डार्सी सर्ट (१९) र सन्दीप जोरा १ रन बनाएर आउट भए । शेर मल्ल (७) रनमा अविजित रहे।

कर्णालीका लागि नन्दन यादवले २, युवराज खत्री, सोमपाल कामी, गुल्शन झा, बिपिन शर्मा र मार्क वाटले समान एकएक विकेट लिएका छन्।

१ सय ५७ रनको लक्ष्य पाएको कर्णालीले अब केही बेरमा ब्याटिङ गर्दैछ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.