लेख विवरण

एनपीएल : कर्णालीले लुम्बिनीलाई ९ विकेटले हरायो

एनपीएल : कर्णालीले लुम्बिनीलाई ९ विकेटले हरायो

काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ। १ सय ५७ रनको लक्ष्य पाएको कर्णालीले १२.२ ओभरमा १ सय ६१ रन बनाउदै लक्ष्य पुरा गर्यो। टोलीका लागि ओपनर मार्क वाटले १ सय १४ रनको अविजित सतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । ४४ बलको सामना गरेका वाटले ६ चौंका र १२ छक्का प्रहार गरे । नेपाल प्रिमियर लिग प्रतियोगितामा यो पहिलो सतक हो।

कर्णालीका लागि विलियम बोसिस्टो पनि २० बलमा २९ रन बनाउदै अविजित रहे । प्रियन्क पंचालले १२ रन बनाए ।

लुम्बिनीका लागि शेर मल्लले १ मात्र विकेट लिए।

यसअघि आज विहान टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ५६ रन बनाएको थियो । टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए । त्यस्तै अन्य खेलाडीहरुमा समिर अली (१), सुमित महर्जन (४), गुलबदीन नाइब (७), दिलीप नाथ (६), ओ्पनरद्धय डार्सी सर्ट (१९) र सन्दीप जोरा १ रन बनाएर आउट भएका थिए । शेर मल्ल (७) र रुबेन ट्रुम्पेलम्यान (२९) रनमा अविजित रहेका थिए।

कर्णालीका लागि कर्णालीका लागि नन्दन यादवले २, युवराज खत्री, सोमपाल कामी, गुल्शन झा, बिपिन शर्मा र मार्क वाटले समान एक-एक विकेट लिए।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.