लेख विवरण

एनपिएलः विराटनगर विरुद्ध काठमाडौंले दोस्रो विकेट गुमायो

एनपिएलः विराटनगर विरुद्ध काठमाडौंले दोस्रो विकेट गुमायो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले ७ रनमा दोस्रो विकेट गुमाएको छ।

काठमाडौंका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रिकार्डो भास्कोनसेलोस ३ रन बनाएर आउट भएका छन्। उनलाई विराटनगरका विकेट किपर लोकश बमले सुर्य तामाङको थ्रोमा रन आउट बनाए।

यसअघि काठमाडौंका ओपनर आकाश त्रिपाठी खाता न खोली आउट भएका थिए। उनलाई विराटनगरका बलर मार्चेन्ट डे लाङ्गेले सन्दीप लामिछानेको हातबाट क्याच गराएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.