लेख विवरण

एनपिएलः विराटनगर विरुद्ध काठमाडौंले तेस्रो विकेट गुमायो

एनपिएलः विराटनगर विरुद्ध काठमाडौंले तेस्रो विकेट गुमायो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले १३ रनमा तेस्रो विकेट गुमाएको छ।

काठमाडौंका लागि चौंथो नम्बरमा ब्याटिङ गर्न आएका प्रतिक श्रेष्ठ २ रन बनाएर आउट भएका छन्। उनलाई विराटनगरका मार्चेन्ट डे लाङ्गेले विकेटकिपर लोकेश बमबाट क्याच गराउदै आफ्नो दोस्रो शिकार बनाए ।

यसअघि काठमाडौंका रिकार्डो भास्कोनसेलोस (३) र ओपनर आकाश त्रिपाठी खाता न खोली आउट भएका थिए।

खेलमा विराटनगरका बलर मार्चेन्ट डे लाङ्गेले २ विकेट लिएका छन्।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.