एनपिएलः विराटनगर विरुद्ध काठमाडौंले पाचौं विकेट गुमायो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले ५६ रनमा पाचौं विकेट गुमाएको छ।
काठमाडौंका ओपनर बेन चार्ल्सवर्थ ३२ रन बनाएर आउट भएका छन्। उनलाई शुभम रणजणेले नरेन भट्टको हातमा क्याच गराए।
यसअघि काठमाडौंका गेरार्ड इरास्मस (१०), प्रतिक श्रेष्ठ (२), रिकार्डो भास्कोनसेलोस (३) र ओपनर आकाश त्रिपाठी खाता न खोली आउट भएका थिए।
विराटनगरका लागि मार्चेन्ट डे लाङ्गे २ र सुर्य तामाङ र शुभम रणजणेले समान एक एक विकेट लिएका छन्।
खेलमा विराटनगरका बलर मार्चेन्ट डे लाङ्गेले २ विकेट लिएका छन्।

टिप्पणी लेख्नुहोस्