एनपिएलः विराटनगर विरुद्ध काठमाडौंले छैठौं विकेट गुमायो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले १०१ रनमा छैठौं विकेट गुमाएको छ।
काठमाडौंका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका सन्तोष यादव २६ रन बनाएर आउट भएका छन्। उनलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले जर्ज मुनसेको हातबाट क्याच गराए।
यसअघि काठमाडौंका ओपनर बेन चार्ल्सवर्थ (३२), गेरार्ड इरास्मस (१०), प्रतिक श्रेष्ठ (२), रिकार्डो भास्कोनसेलोस (३) र ओपनर आकाश त्रिपाठी खाता न खोली आउट भएका थिए।
विराटनगरका लागि मार्चेन्ट डे लाङ्गे २ र सुर्य तामाङ र शुभम रणजणे र सन्दीप लामिछानेले समान एक एक विकेट लिएका छन्।

टिप्पणी लेख्नुहोस्