एनपिएलः विराटनगर विरुद्ध काठमाडौंले चौंथो विकेट गुमायो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले २९ रनमा चौंथो विकेट गुमाएको छ।
काठमाडौंका लागि पाचौं नम्बरमा ब्याटिङ गर्न आएका गेरार्ड इरास्मस १० रन बनाएर आउट भएका छन्। उनलाई सुर्य तामाङले आफ्नो शिकार बनाए ।
यसअघि काठमाडौंका प्रतिक श्रेष्ठ (२), रिकार्डो भास्कोनसेलोस (३) र ओपनर आकाश त्रिपाठी खाता न खोली आउट भएका थिए।
विराटनगरका लागि मार्चेन्ट डे लाङ्गे २ र सुर्य तामाङले १ विकेट लिएका छन्।
खेलमा विराटनगरका बलर मार्चेन्ट डे लाङ्गेले २ विकेट लिएका छन्।

टिप्पणी लेख्नुहोस्