एनपिएलः लक्ष्य पछ्याएको विराटनगरले पहिलो विकेट गुमायो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले विराटनगरलाई १ सय ३५ रनको लक्ष्य दिएको छ।
लक्ष्य पछ्याउने क्रममा विराटनगरले २१ रन बनाउदा पहिलो विकेट गुमाएको छ। टोलीका ओपनर लोकेश बम १४ रन बनाएर आउट भएका छन्। उनलाई काठमाडौंका कप्तान करण केसीले सन्तोष यादवको हातमा क्याच गराए ।
यो सँगै काठमाडौंका कप्तान करण केसीले पहिलो विकेट लिएका छन्।

टिप्पणी लेख्नुहोस्