लेख विवरण

एनपिएलः काठमाडौंले विराटनगरलाई दियो १ सय ३५ रनको लक्ष्य

एनपिएलः काठमाडौंले विराटनगरलाई दियो १ सय ३५ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले विराटनगरलाई १ सय ३५ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३४ रन बनायो। टोलीका लागि मो. आदिल आलमले ४८ रनको अविजित पारी खेल्दै सर्वाधिक रन बनाए । यस क्रममा उनले ४ चौंका र २ छक्का प्रहार गरे।

काठमाडौंका अन्य खेलाडीहरुमा सन्तोष यादव (२६) ओपनर बेन चार्ल्सवर्थ (३२), गेरार्ड इरास्मस (१०), प्रतिक श्रेष्ठ (२), रिकार्डो भास्कोनसेलोस (३) र ओपनर आकाश त्रिपाठी खाता न खोली आउट भए। जोन सिम्प्सन ७ रनमा अविजित रहे।

विराटनगरका लागि बलिङमा मार्चेन्ट डे लाङ्गे २ र सुर्य तामाङ र शुभम रणजणे र सन्दीप लामिछानेले समान एक एक विकेट लिए।

१ सय ३५ रनको लक्ष्य पाएको विराटनगर किंग्सले केही बेरमा ब्याटिङ गर्नेछ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.