एनपिएलः विराटनगरले काठमाडौंलाई ५ विकेटले हरायो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच सम्पन्न खेलमा विराटनगरले काठमाडौंलाई ५ विकेटले पराजित गरेको छ।
काठमाडौंले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। टोलीका लागि जर्ज मुनसे सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै बसिर अहमद (१९), मार्टिन गपटिल (२५) र लोकेश बमले १४ रन बनाए। शुमभ रन्जाने (६) र सन्दीप लामिछाने (९) रनमा अविजित रहे।
काठमाडौंका लागि बलिङमा शाहब आलमले २, करण केसी, गेरार्ड इरास्मस र सन्तोष यादवले समान एकएक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३४ रन बनाएको थियो। टोलीका लागि मो. आदिल आलमले ४८ रनको अविजित पारी खेल्दै सर्वाधिक रन बनाए ।
काठमाडौंका अन्य खेलाडीहरुमा सन्तोष यादव (२६) ओपनर बेन चार्ल्सवर्थ (३२), गेरार्ड इरास्मस (१०), प्रतिक श्रेष्ठ (२), रिकार्डो भास्कोनसेलोस (३) र ओपनर आकाश त्रिपाठी खाता न खोली आउट भए। जोन सिम्प्सन ७ रनमा अविजित रहे।
विराटनगरका लागि बलिङमा मार्चेन्ट डे लाङ्गे २ र सुर्य तामाङ र शुभम रणजणे र सन्दीप लामिछानेले समान एक एक विकेट लिए।
जितसँगै विराटनगर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने काठमाडौं तेस्रो स्थानमा झरेको छ।

टिप्पणी लेख्नुहोस्