लेख विवरण

एनपिएलः लक्ष्य पछ्याएको विराटनगरले चौथो विकेट गुमायो

एनपिएलः लक्ष्य पछ्याएको विराटनगरले चौथो विकेट गुमायो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले विराटनगरलाई १ सय ३५ रनको लक्ष्य दिएको छ।

लक्ष्य पछ्याउने क्रममा विराटनगरले ९९ रन बनाउदा चौथों विकेट गुमाएको छ। टोलीका लागि चौथों नम्बरमा ब्याटिङ गर्न आएका बसिर अहमद १९ रन बनाएर आउट भएका छन्। उनलाई गेरार्ड इरास्मसले प्रतिक श्रेष्ठको हातमा क्याच गराए। यसअघि मार्टिन गपटिल (२५), जर्ज मुनसे (३६) र लोकेश बम १४ रन बनाएर आउट भएका थिए।

काठमाडौंका लागि बलिङमा शाहब आलमले २ र करण केसी र गेरार्ड इरास्मसले एक-एक विकेट लिएका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.