लेख विवरण

एनपिएलः लक्ष्य पछ्याएको विराटनगरले दोस्रो विकेट गुमायो

एनपिएलः लक्ष्य पछ्याएको विराटनगरले दोस्रो विकेट गुमायो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले विराटनगरलाई १ सय ३५ रनको लक्ष्य दिएको छ।

लक्ष्य पछ्याउने क्रममा विराटनगरले ७४ रन बनाउदा दोस्रो विकेट गुमाएको छ। टोलीका ओपनर जर्ज मुनसे ३६ रन बनाएर आउट भएका छन्। उनलाई शाहब आलमले एलबिडब्लु धरापमा पारे। मुनसेले आक्रमक पारी खेल्ने क्रममा ५ चौंका र २ छक्का प्रहार गरे । यसअघि अर्का ओपनर लोकेश बम १४ रन बनाएर आउट भएका थिए। उनलाई काठमाडौंका कप्तान करण केसीले सन्तोष यादवको हातमा क्याच गराए ।

काठमाडौंका लागि बलिङमा करण केसी र शाहब आलमले समान एकएक विकेट लिएका छन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.