लेख विवरण

एनपिएलः लक्ष्य पछ्याएको विराटनगरले पाचौं विकेट गुमायो

एनपिएलः लक्ष्य पछ्याएको विराटनगरले पाचौं विकेट गुमायो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले विराटनगरलाई १ सय ३५ रनको लक्ष्य दिएको छ।

लक्ष्य पछ्याउने क्रममा विराटनगरले १२५ रन बनाउदा पाचौं विकेट गुमाएको छ। टोलीका लागि पाचौं नम्बरमा ब्याटिङ गर्न आएका नरेन भट्ट २४ रन बनाएर आउट भएका छन्। उनलाई सन्तोष यादवले कप्तान करन केसीको हातबाट क्याच गराए। यसअघि टोलीका लागि बसिर अहमद (१९), मार्टिन गपटिल (२५), जर्ज मुनसे (३६) र लोकेश बम १४ रन बनाएर आउट भएका थिए।

काठमाडौंका लागि बलिङमा शाहब आलमले २ र करण केसी र गेरार्ड इरास्मस र सन्तोष यादवले समान एक-एक विकेट लिएका छन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.