एनपिएलः लक्ष्य पछ्याएको विराटनगरले तेस्रो विकेट गुमायो, गपटिल आउट
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले विराटनगरलाई १ सय ३५ रनको लक्ष्य दिएको छ।
लक्ष्य पछ्याउने क्रममा विराटनगरले ८३ रन बनाउदा तेस्रो विकेट गुमाएको छ। टोलीका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका स्टार खेलाडी मार्टिन गपटिल २५ रन बनाएर आउट भएका छन् । उनलाई शाहब आलमले पुनः आफ्नो अर्को शिकार बनाए । गपटिल १९ बलमा २५ रन बनाएर आउट भए । यसअघि जर्ज मुनसे (३६) र लोकेश बम १४ रन बनाएर आउट भएका थिए।
काठमाडौंका लागि बलिङमा शाहब आलमले २ र करण केसीले एक विकेट लिएका छन्।

टिप्पणी लेख्नुहोस्