लेख विवरण

नेपाललाई ४ स्वर्णसहित ८ पदक

नेपाललाई ४ स्वर्णसहित ८ पदक

काठमाडौं, मंसिर ६ गते । श्रीलंकामा भएको ११औँ खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल वादोरियो कराते डो संघका खेलाडीले ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेका छन् ।

आबिस्कार श्रेष्ठले स्वर्ण र कास्य, रियाना खनालले स्वर्ण, आयुश रेग्मीले स्वर्ण र सुसान्त खड्को स्वर्ण जितेको नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले जनाएका छन् ।

हर्सित इटानीले रजत तथा जिवक भट्टराई र कुबेर चौधरीले कास्य पदक हात पारे । प्रशिक्षकमा मुहम्मद अलि रहेका थिए । संघका अनुसार श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगितामा नेपालसहित भारत, युक्रेन, श्रीलंका र सिंगापुर सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.