लेख विवरण

नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा

नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा

काठमाडौं, मंसिर ६ गते । नेपालको सबैभन्दा पुरानो जिम नेपाल ब्यायाम मन्दिरले आगामी दिनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने आफ्ना क्लबका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप डेढ लाख रुपैयाँसम्मको नगद पुरस्कार दिने घोषणा गरेको छ ।

शनिबार सम्पन्न संस्थाको २५औं वार्षिक साधारणसभाले पारित गरेअनुसार खेलाडीहरूले राष्ट्रका लागि पदक जितेमा नगद ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रदान गरिनेछ । यस योजनाअनुसार, वल्र्ड र एसियाली शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख र तृतीय हुनेलाई ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस घोषणाका साथै साधारणसभाले अन्तर्राष्ट्रिय बडी बिल्डिङ प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली खेलाडी तथा पूर्व मिस्टर नेपाल स्व. सरोज कुमार श्रेष्ठको स्मृतिमा पनि शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ । सोही साधारणसभाले ब्यायाम मन्दिरको वार्षिक कार्यक्रम, अध्यक्ष नारायण प्रधानद्वारा प्रस्तुत कार्यपत्र, महासचिव सूर्य जोशीद्वारा प्रस्तुत प्रगति विवरण र कोषाध्यक्ष प्रशान्त श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन (आयब्यय) सर्वसम्मतले अनुमोदन गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.