एनपीएल : कर्णाली टस जितेर बलिङ गर्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स बिहान ११ः१५ बजे भिड्दै छन् भने दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।
कर्णाली याक्सका कप्तान सोमपाल कामी टस जितेर बलिङ गर्ने निर्णय गरेका छन्।
पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार चितवलाई ६ विकेटले हराएको लुम्बिनीसँग खेल जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ ।
यस्तै आज हुने दोस्रो खेलमा । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको टिमबीच भिडन्त हुने छ । करणले काठमाडौंको कप्तानी गरिरहेका छन् भने सन्दीपले विराटनगरको कप्तानी गरिरहेका छन् ।
हालसम्म काठमाडौंले दुई खेल खेलि खेल्दा एक हार र एक जित हासिल गरेको छ । पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो । यस्तै, विराटनगरले आफ्नो पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको थियो ।
दुबै टोलीको प्लेयिङ ११ :
कर्णाली याक्स:
-
प्रियाङ्क पाँचाल
-
विलियम बोसिस्टो
-
मार्क वाट
-
पवन सर्राफ
-
नजीबुल्लाह जादरान
-
अर्जुन घर्ती (विकेट किपर)
-
गुल्सन झा
-
सोम्पाल कामी (कप्तान)
-
युवराज खत्री
-
बिपिन शर्मा
-
नन्दन यादव
लुम्बिनी लाइन्स:
-
सन्दीप जोरा
-
डार्सी सर्ट
-
रोहित पौडेल (कप्तान)
-
दिलिप नाथ
-
गुलबदीन नाइब
-
जेजे स्मिट – बलिङ अोलराउन्डर
-
रुबेन ट्रुम्पेलम्यान
-
अभिषेष गौतम
-
शेर मल्ल
-
समीर अली मुस्लिम (विकेट किपर)
-
सुमित महर्जन

टिप्पणी लेख्नुहोस्