एनपीएल : कर्णालीलाई दोस्रो सफलता, लुम्बिनीका डार्सी सर्ट आउट
काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले दोस्रो विकेट गुमाएको छ ।
टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीका अर्का ओपनर डार्सी सर्ट १९ रन बनाएर आउट भएका छन्। यो सँगै लुम्बिनीले ओपनर जोडी गुमाएको छ । सर्टलाई कर्णालीका गुल्शन झाले प्रियाङ्क पाँचालको हातबाट क्याच गराए ।
यसअघि लुम्बिनीका ओपनर सन्दीप जोरा १ रन बनाएर आउट भएका थिए । उनलाई कर्णालीका नन्दन यादवले विलियम बोसिस्टोको हातमा क्याच गराएका थिए ।
यो सँगै लुम्बिनीले ३७ रनमा दोस्रो विकेट गुमाएको छ।

टिप्पणी लेख्नुहोस्