एनपीएल : कर्णालीलाई पाचौं सफलता, सुमित महर्जन आउट
काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले पाचौं विकेट गुमाएको छ ।
टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीका लागि छैठो नम्बरमा ब्याटिङ गर्न आएका सुमित महर्जन ४ रन बनाएर आउट भएका छन्। उनलाई कर्णालीका युवा खेलाडी युवराज खत्रीले विलियम बोसिस्टो हातमा क्याच गराए । यो सँगै खत्रीले जारी खेलमा २ विकेट लिन सफल भएका छन्।
यसअघि लुम्बिनीका गुलबदीन नाइब (७), दिलीप नाथ (६), ओ्पनरद्धय डार्सी सर्ट (१९) र सन्दीप जोरा १ रन बनाएर आउट भएका थिए ।
कर्णालीका लागि युवराज खत्रीले (२), नन्दन यादव, गुल्शन झा र मार्क वाटले समान एकएक विकेट लिएका छन्।
यो सँगै लुम्बिनीले ७८ रनमा पाचौं विकेट गुमाएको छ।

टिप्पणी लेख्नुहोस्