एनपीएल : कर्णालीलाई सातौं सफलता, स्मिथ २३ रनमा आउट
काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले सातौं विकेट गुमाएको छ ।
टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीका जेजे स्मिथ २३ रन बनाएर आउट भएका छन् । उनलाई कर्णालीका ओपनर बलर नन्दन यादवले युवराज खत्रीको हातमा क्याच गराए। यो सँगै जारी खेलमा यादवले २ विकेट लिएका छन्।
यसअघि टोलीका कप्तान रोहित पौंडेल ४९ रन बनाएर आउट भएका थिए ।
लुम्बिनीका रोहित पौंडेल (४९) सुमित महर्जन (४), गुलबदीन नाइब (७), दिलीप नाथ (६), ओ्पनरद्धय डार्सी सर्ट (१९) र सन्दीप जोरा १ रन बनाएर आउट भएका थिए ।
कर्णालीका लागि नन्दन यादवले २, युवराज खत्री, सोमपाल कामी, गुल्शन झा र मार्क वाटले समान एकएक विकेट लिएका छन्।
यो सँगै लुम्बिनीले १ सय ३२ रनमा सातौं विकेट गुमाएको छ।

टिप्पणी लेख्नुहोस्