लेख विवरण

एनपीएल : कर्णालीलाई तेस्रो सफलता, लुम्बिनीका दिलीप नाथ आउट

एनपीएल : कर्णालीलाई तेस्रो सफलता, लुम्बिनीका दिलीप नाथ आउट

काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले तेस्रो विकेट गुमाएको छ ।

टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिलीप नाथ ६ रन बनाएर आउट भएका छन् । उनलाई मार्क वाटले आफ्नो शिकार बनाए । यसअघि लुम्बिनीका ओ्पनरद्धय डार्सी सर्ट (१९) र सन्दीप जोरा १ रन बनाएर आउट भएका थिए ।

कर्णालीका लागि नन्दन यादव, गुल्शन झा र मार्क वाटले समान एक-एक विकेट लिएका छन्।

यो सँगै लुम्बिनीले ४६ रनमा तेस्रो विकेट गुमाएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.