एनपीएल : कर्णालीलाई चौथो सफलता, लुम्बिनीका गुलबदीन नाइब आउट
काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले चौथो विकेट गुमाएको छ ।
टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीका लागि पाचौं नम्बरमा ब्याटिङ गर्न आएका गुलबदीन नाइब ७ रन बनाएर आउट भएका छन्। उनलाई कर्णालीका युवा खेलाडी युवराज खत्रीले एलबिडब्लु धरापमा पारे ।
यसअघि लुम्बिनीका दिलीप नाथ (६) ओ्पनरद्धय डार्सी सर्ट (१९) र सन्दीप जोरा १ रन बनाएर आउट भएका थिए ।
कर्णालीका लागि युवराज खत्री, नन्दन यादव, गुल्शन झा र मार्क वाटले समान एक-एक विकेट लिएका छन्।
यो सँगै लुम्बिनीले ६१ रनमा चौथो विकेट गुमाएको छ।

टिप्पणी लेख्नुहोस्