लेख विवरण

एनपीएल : कर्णालीलाई छैठो सफलता, कप्तान रोहित पौंडेल ४९ रनमा आउट

एनपीएल : कर्णालीलाई छैठो सफलता, कप्तान रोहित पौंडेल ४९ रनमा आउट

काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले छैठो विकेट गुमाएको छ ।

टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीका कप्तान रोहित पौंडेल ४९ रन बनाएर आउट भएका छन्। उनलाई कर्णालीका कप्तान सोमपाल कामीले नजिबुल्लाह जद्रानको हातबाट स्लिपमा क्याच गराए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पौंडेल अर्धसतक बनाउन बाट मात्र १ रनले चुके । ४२ बल सामना गरेका रोहितले ४ चौंका र २ छक्का प्रहार गरे ।

यसअघि लुम्बिनीका सुमित महर्जन (४), गुलबदीन नाइब (७), दिलीप नाथ (६), ओ्पनरद्धय डार्सी सर्ट (१९) र सन्दीप जोरा १ रन बनाएर आउट भएका थिए ।

कर्णालीका लागि युवराज खत्रीले २, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र मार्क वाटले समान एक-एक विकेट लिएका छन्।

यो सँगै लुम्बिनीले १ सय १३ रनमा छैठो विकेट गुमाएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.