लेख विवरण

लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्टिूय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो । काठमाडौंका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् ।
यस अघि तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक रहेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.